काठमाडौँ। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले महिला तथा बालकालिकामाथिको हिंसाका विरुद्ध राज्य, समुदाय, परिवार र नागरिकको सहभागिता जरुरी रहेको बताएका छन्।
परिवार र समाज सचेत नहुने हो भने महिला तथा बालकालिका माथि हुने घट्ना दोहोरिने खतरा हुने उनको भनाइ छ।
आज ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१’ विमोचन समारोहमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले महिला तथा बालबालिका माथिको हिंसा विभन्न रुपमा जारी रहेको भन्दै यसको विरुद्ध राज्यका सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताए।
राज्यको अंगहरुमा ३३ प्रतिशत महिला सहभागिता पर्याप्त नभएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले महिला सहभागितालाई राज्यको अंगहरुमा जनसंख्या आधारमा प्रतिबिम्ब हुनेगरी पुर्याउनु पर्ने जरुरी रहेको पनि बताए।
