काठमाडौं । नेकपाको प्रचण्ड- नेपाल समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । संसद् विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा २० माघमा वैधानिकताका लागि निवेदन दिएको थियो ।
तर आयोगले थप प्रक्रिया अगाडि बढाएको छैन । प्रचण्ड नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन बिहीबार सर्कुलर गरेको थियो । प्रचण्ड-नेपाल समूह तीन सय केन्द्रीय सदस्यलाई लिएर आयोग जाने तयारीमा छ ।

