प्रज्जवल थापा । विभागीय टोली नेपाल पुलिस क्लबले तेस्रो स्थानमा रहेर राष्ट्रिय महिला लिगको अन्त्य गरेको छ । शुक्रबार भएको खेलमा पुलिसले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ९-० गोलले पराजित गरेको हो ।
यससँगै चौदण्डीगढी नगरपालिका अङ्कविहीन हुँदै लिगको अन्त्य गरेको छ । एन्फा कम्प्लेक्सम भएको खेलमा पुलिसलाई जित दिलाउन निरु थापाले ह्याट्रिक सहित चार गोल गर्दा निर्मला विकले ह्याट्रिक र सुनकला राईले एक गरिन् । पुलिसले एक गोल भने उपहार पाएको थियो ।
जितसँगै पुलिसले १२ खेलमा १८ अङ्क जोड्दै तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ । यस्तै लिगमा अङकको खाता खोल्न नसकेको चौदण्डीगढी पुछारमा रहेको छ ।
आजै हुने लिगको अन्तिम खेलमा दुई विभागिय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । दशरथ रंगशालामा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ । एपिएफले लिगको उपाधि जितिसकेको छ ।
