काठमाडौं । बृहत् नागरिक आन्दोलनले आज टुँडिखेल मार्च गर्न लागेको छ।
आज दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने बृहत नागरिक आन्दोलनले जानकारी दिएको छ।
आजै नागरिक घोषणा सभाबाट विभिन्न विषय समेटिएको घोषणापत्र पनि जारी गर्ने कार्यक्रम छ।
नागरिक अभियान्ता युग पाठकका अनुसार राज्य संयन्त्रहरू कसरी जनपक्षिय हुन सकेनन्, दलहरू जनताका आवश्यकता पूरा गर्ने साधन किन हुन सकेनन् भन्नेजस्ता विषय उल्लेख गरिएको संश्लेषण सहितको घोषणापत्र जारी गर्न लागिएको हो।
