नदीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

रुकुम।   पुथाउत्तरगंगा गाउँपालिकामा नदीमा माछा मार्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु भएको छ। माछा मार्न जाल हान्ने क्रममा नदीमा चिप्लिएर पुथा–१२ कोलका २७ वर्षीय उत्तमान बुढा मगरको मृत्यु भएको हो।

बुधबार साँझ घरबाट निस्किएका बुढा गाउँका अन्य चार जना साथीहरूसँग माछा मार्न उत्तरगंगा नदीमा गएका थिए। सोही वडामा पर्ने उत्तरगंगा नदीको गोख्यापुप भन्ने ठाउँमा माछा मार्न जाल हान्ने क्रममा चिप्लिदा बेपत्ता भएको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *