काठमाडौं । नेपाली कांग्रेसले जेष्ठ नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिन सरकारसँग माग गरेको छ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले आज प्रेस विज्ञप्ति जारी गर्दै जेष्ठ नागरिकलाई पनि खोप दिन माग गरेका छन्।
‘भारतबाट सहयोग स्वरुप प्राप्त १० लाख डोज खोपको वितरणमा सुस्पष्ट प्राथमिकता निर्धारण गरिएको छैन। अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी तथा संचारकर्मीहरुलाई खोपमा प्राथमिकता उपयुक्त हो,’ उनले भनेका छन्, ‘तर ज्येष्ठ नागरिकहरुलाई धेरै अगाडि प्राथमिकतामा राखेर खोप वितरण गर्नु पर्नेमा बल्ल अहिले आएर सरकारले त्यसलाई प्राथमिकतामा राखेको घोषणा गरेको छ।’
साथै कोरोना रोक्न आवश्यकता अनुरुप आम नागरिकहरुमा खोप पुर्याउने विस्तृत कार्ययोजना सार्वजनिक गर्न कांग्रेसले माग पनि गरेको छ।
