चन्द्रपुरमाथि वालिङको जित

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगको आफ्नो अन्तिम खेलमा वालिङ नगरपालिका स्याङ्जाले जित हात पारेको छ । बिहीबार दिउँसो भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिका रौतहटलाई ३-० गोलले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले एक/एक गोल गरे । खेलको १७ औँ मिनेटमा हिमाले गोल गर्दै वालिङलाई खेलमा अगाडि बढाएकी थिइन् । ४७ औँ मिनेटमा अमिशा कार्कीले गोल गर्दै वालिङको अग्रता दोब्बर बनाइन् ।

५४ औं मिनेटमा मेथो रुथले गोल गर्दै वालिङलाई ३-० गोलको जित दिलाइन् । जितसँगै वालिङ १२ खेलमा १७ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । चन्द्रपुर १२ खेलमा ९ अङ्क जोड्दै छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

तस्बिरः एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *