काठमाडौं । कोरोनाविरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेविसंघले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।
विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रूपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको नेविसंघले जनाएको छ ।

