अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्चमा

काठमाडौँ । अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन् । प्रधानमन्त्री ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए ।

अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए । म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार उनी जवाफ लिएर अदालत गएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *