प्रचण्ड-नेपाल समूहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दै

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । प्रतिनिधिसभा विघटन, महँगी र भ्रष्टाचारकाविरुद्ध प्रचण्ड-नेपाल समूहले अपराह्न चार बजेदेखि पाँच बजेससम्म टुँडिखेल घेराउ गर्न लागेको हो ।

मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्न उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ । मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ ।

भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु रहने छन् । प्रचण्ड– नेपाल समूह संसद विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *