इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो नोबोयको ८३ वर्षको उमेरमा निधन भएको छ । अकस्मात हृदयघातका कारण मङ्गलबार उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई यही फ्रेबु्रअरी ९ मा हृदयघात भएको हो । हृदयघात भएपछि उनलाई थप उपचारका लागि अमेरिका लगिएको थियो ।
तर उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । ज्याक्सन मेमोरियल अस्पताल फ्रोरिडामा उनको उपचार गराइएको थियो । उनको उपचार सफल नभएपछि उनका आफन्त तथा सुभेच्छुकहरुले दुःख व्यक्त गरेका छन् । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
