USAID

खुलामञ्च तीन दिनभित्र खाली गरिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामञ्च भित्र निर्माण गरिएका संरचना हटाउन सुरु गरेको छ । बुधबार महानगरले डोजर लगाएर त्यसभित्र रहेका सबै संरचना भत्काउन थालेको छ ।

काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले तीन दिनभित्र खुलामञ्च खाली गरिने जानकारी दिए । खुलामञ्च भित्र अहिले वीर अस्पताल बनाईरहेको चिनियाँ निर्माण कम्पनीको साइट कार्यालय र बसपार्क रहेको छ ।

वीर अस्पताल र दरबार हाइस्कूलको भवन निर्माणका लाग निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा बस्दै आएका थिए ।

 

CivActsAd