USAID

आजको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा यस्ता छन्

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा मुख्यगरी १४ औं महाधिवेशनबारे छलफल हुनेछ।

महाधिवेशन यसअघि तोकिएको मितिमा संभव नभएपछि कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न लागेको हो।

कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो।

यस्तै सभापति शेरबहादुर देउवाको कार्यकाल पनि सकिन लागेको छ। फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ।

अब कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ।