USAID

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ लाख २९ हजार नाघ्यो

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ११ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ३६ हजार भन्दाबढी नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ११ करोड ३२ हजार ३ सय ६२ पुगेको छ।

यस्तै, कोरोना संक्रमणका कारण विश्वमा पछिल्लो २४ घण्टामा ९ हजार ५ सय बढीको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण हालसम्म २२ लाख २९ हजार ७ सय ७ जनाको मृत्यु भइसकेको छ। विश्वमा हालसम्म ८ करोड ४८ लाख ४८ हजार १४८ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल विश्वमा दुई करोड २७ लाख ५५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । विश्वमा सबैभन्दाबढी प्रभावित अमेरिकामा हालसम्म संक्रमितको संख्या दुई करोड ८३ लाख ८१ हजार २ सय २० पुगेको छ । संक्रमितमध्ये एक करोड ८४ लाख ७९ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ९९ हजार ९ सय ९१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप १०९ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउ