गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि मानव अधिकार आयोगको सरकारलाई तीनबुँदे निर्देशन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको मंगलबार बसेको बैठकले गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ ।

आयोगको कार्यालयमा मंगलबार बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गङ्गामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा निजको उपचारका लागि आवश्यक विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै, अधिकारीको जीवन रक्षाका लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मीसहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न तथा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीमध्येका एक रुद्र्रप्रसाद आचार्य नेपाल बाहिर रहेको भन्ने सरकारी कागजातबाट समेत देखिएको हुँदा उहाँ जहाँ भए पनि आवश्यक प्रक्रिया पूरा गरी निजलाई अदालतसमक्ष शीघ्र उपस्थित गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीउपर कारवाहीको माग राखी लामो समयदेखि अनशनरत अधिकारीको जीवन रक्षाका सम्बन्धमा आयोगको कार्यालयमा बसेको बैठकले उक्त निर्देशन दिने निर्णय गरेकोसमेत प्रवक्ता पोखरेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *