देशभरका पहाडी क्षेत्रमा मौसम बदली रहने; एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभरका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम प्रभावित भएको हो ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज दिउँसो प्रदेश १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ।

राति देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *