काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा गएर गरेको धम्कीले काम नगर्ने दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीको कदम विरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले चलाएको फेसबुक लाइभमा पाण्डेले भने, ‘निर्वाचन आयोगले आफ्नोबाहेक अरु कतै आधिकारिकता दिदैन दिन्छ भन्ने लाग्दैन।
ओलीले धम्काउनुभयो भन्ने सुनेको छु। ओलीको खबरदारीले काम गदैन।’
उनले अदालतले पनि संविधान हेरेर निर्णय गर्ने भएकाले संसद पुनःस्थापना हुने विश्वास गरे। ‘अदालतले न्याय गर्छ भन्ने लागेको छ। अदालतले नै न्याय नगरे कहाँ जाने?’ उनले प्रश्न गर्दै भने।
ओलीले निर्वाचन आयोगमा गएर खरदार सरहको कर्मचारी सोचेर धम्काउन खोजेको आरोप लगाए। ‘प्रधानमन्त्रीजस्तो मान्छेले आयोगमा खरदार सरहका मान्छे हुन् मैले भनेर पछि हुन्छ भनेर आयोगमा गएर दबाव दिएको हुनसक्छ गरेको हुन सक्छ’, उनले भने, ‘आयोगले कानुन र यसअघिका नजिर हेरेर निर्णय गर्छ।’
अदालत र आयोगमा सेटिङका कुरा ओलीको गुटले चलाएको हल्ला मात्रै तर्क गरे। उनले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमलाई विफल बनाउन सबै दल र नागरिक समाजलाई संयुक्त आन्दोलनमा जान आह्वानसमेत गरे।
