मोरङका शिक्षक हत्यामा विप्लव, प्रकाण्डसहित ३६ जनाविरूद्ध कर्तव्य ज्यानमुद्दा

काठमाडौं । मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा हत्यामा नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित ३६ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले विप्लवसहित ३६ जनालाई अपहरण तथा कर्तव्य ज्यानमुद्दा दर्ता गरेको हो।

यसमा पक्राउ परेका एक मात्र प्रतिवादी छन्। मोरङ इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ प्रतिवादी विक हातहतियार तथा खरखजना मुद्दामा सोमबार नै पुर्पक्षका लागि कारागार चलान भएका छन्। तर, शिक्षक हत्याको सुनुवाइ भने सुरू भएको छैन।

‘उनीबाहेक अन्य ३५ जना फरार प्रतिवादी कायम भएका छन्,’ मोरङ जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले भने।

मोरङ बुढीगंगा गाउँपालिका-४ मा स्थित औद्योगिक क्षेत्रबाट विकलाई माघ ८ गते पक्राउ गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *