नेपालमा भाजपा अनुकुलको सरकार बनाउँदै भारत

काठमाडौ । भारतीय गृह मन्त्री अमित शाहले नेपालमा पनि भारतीय जनता पार्टीको अनुकुल सरकार बनाउने घोषणा गरेका छन ।

पश्चिम भारतीय राज्य त्रिपुरामा भएको एउटा कार्यक्रमलाई सम्वोधन गर्दै गृह मन्त्री शाहले नेपाल र श्रीलंकामा भाजपाको संगठन बिस्तार गर्दै त्यहांका सरकार पनि भाजपा अनुकुलको बनाउन मोदी सरकार लागेको बताएको भारतीय संचार माध्यमले जनाएको छ ।

भारतका सबै राज्यमा भाजपाको सरकार स्थापना भएपछि अव छिमेकी मुलुकमा पनि भाजपालाई समर्थन गर्नेहरुको सरकार स्थापनामा भारतले ध्यान दिएको शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *