राहुल रक्सको ‘तिमी रिसाउँदा’

गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमी रिसाउँदा’ सार्वजनिक भएको छ । प्रेम  दिवसका अवसरमा सार्वजनिक गरिएको गीतका शब्द तथा सङ्गीत सुरज अधिकारी (सुर रक्स) का हुन् भने सङ्गीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् ।

विशेषगरी युवा वर्गलाई लक्ष्य गरी गीत लेखिएको अधिकारीले बताए । जनकदीप पराजुलीकोे निर्देशन रहेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुङ्गानाले अभिनय गरेका छन् ।

गीतमा सागर प्रधानको छायाङ्कन, विष्णु खड्काको सम्पादन र ध्रुवराज प्रज्वलितको रङ संयोजन छ । भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *