भागरथी भट्टको हत्यारालाई कारवाही गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यारालाई पक्राउ गरी कानुनअनुसार कारवाही गर्न माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ।

काठमाडौंको बालाजुमा आज प्रदर्शन गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसका नेविसंघले भागरथीको हत्यारालाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो।

प्रदर्शनपछि कोणसभामा बोलेका नेविसंघ नेता सुशील भट्टले बलात्कारपछि हत्यामा संलग्नलाई प्रहरीले तत्काल पक्राउ गरी कानूनी कारवाही गर्नुपर्ने माग गरेका छन्।

गत साता बलात्कारपछि भट्टको हत्या भए पनि अहिलेसम्म अपराधी पक्राउ परेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *