युवराज आचार्यको ‘बाटो दैलाको पानी घैलाको’

  • 1
    Share

फेब्रुअरी १४ अर्थात् प्रेम दिवसको प्रेमिल समयको संघारमा लोकप्रिय गायक युवराज आचार्यले माया पिरती सम्झाउने सुमधुर लोक दोहोरी गीत सार्वजनिक गरेका छन् ।

नेपाली लोक दोहोरी, गीत संगीतको क्षेत्रमा लोकप्रिय गायक आचार्यले बुधबार ‘बाटो दैलाको पानी घैलाको’ बोलको गीत सार्वजनिक गरेका हुन् । माया पिरतीका रोमाञ्चक वार्तालाप सँगै विगतका प्रेम सम्बन्ध र समयहरुलाई स्मरण गराएको गीतको म्यूजिक भिडियो झनै सुन्दर बनेको छ ।

जसमा सुनमा सुगन्ध थप्ने काम कलाकारहरु गरिमा शर्मा, लोमश शर्मा र काजिश श्रेष्ठले गरेका छन् । आचार्यलाई गीतमा साथ दिएकी छिन् चर्चित गायिका सुनिता बुढा क्षेत्रीले । बिदुर शर्माको गीतमा सुमधुर संगीत गायक युवराज आचार्य आफैंले भरेका हुन् ।

गीतलाई सुन्दर बनाउन अडियो भिडियो आयुस म्युजिक कम्पनीले गरेको हो भने निर्देशन काजिश श्रेष्ठ, सिनेमाटोग्राफी अर्जुन तिवारी तथा भिडियो ईडिट दीपक विष्टको रहेको छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *