महिला लिगमा आज दुई खेल हुँदै

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा चौदण्डीगढी नगरपालिका उदयपुर र वालिङ नगरपालिका स्याङ्जा भिड्दै छन् । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो १२ बजे शुरु हुनेछ ।

चौदण्डीगढी नगरपालिकाले लिगमा अहिलेसम्म अङ्कको खाता खोल्न सकेको छैन । त्यसैलेपनि आजको खेलमा सोचेअनुरुप नतिजा निकाल्दै चौदण्डीगढी लिगमा अङ्कको खाता खोल्न चाहन्छ । यस्तै वालिङ ८ खेलमा ११ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ ।

आजै हुने लिगको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले बिराटनगर महानगरपालिका मोरङको सामना गर्नेछ । एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो ३ बजे शुरु हुनेछ । हाल आर्मी ८ खेलमा १९ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । बिराटनगर भने ८ खेलमा १० अङ्क जोड्दै पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *