भाषण गर्दा गर्दै नारायणकाजीले ऋषि धमलालाई भने, ‘चुप लाग्‍नुस्’

काठमाडौं । नेकपा (प्रचण्ड- नेपाल) समूहका नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चुप लाग्न आग्रह गरेका छन्। बुधबार राजधानीमा गरेको शक्ति प्रदर्शन सभामा सम्बोधनका क्रममा श्रेष्ठले आफूहरूले सभा आयोजना गरेको भन्दै धमलालाई अर्को कार्यक्रम नगर्न आग्रह गरेका हुन्।

‘पत्रकार साथीहरू हामीले यहाँ सभा गरिरहेका छौं। त्यसैले तपाईंहरू चुप लाग्नुस। सुन्नुभो? धमलाजी तपाई अर्को कार्यक्रम नगर्नुस्। चुप लाग्नुस्’, श्रेष्ठले भने’ ‘धमलाजीले राम्रै काम गरिरहनु भएको थियो। जनसमुदायको अन्तर्वार्ता लिइरहनु भएको थियो। तर, यो काम पछि गर्नुहोला।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *