काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको आजको सभालाई प्रचण्ड–नेपाल समूहका १४ नेताले सम्बोधन गर्ने भएका छन् । सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गुरुङ ररघुजी पन्तले सम्बोधन गर्ने नेता विष्णु रिजालले जानकारी दिएका छन् ।
कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य हितबहादुर तामाङ, स्वागत जीवनराम श्रेष्ठ र सञ्चालन स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले गर्दैछन् । सो समूहले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको छ ।
