इजरायलसँग सीधा हवाइ सेवा सञ्चालनका लागि राजदूतसँग पर्यटनमन्त्रीको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालसँग नेपालका लागि इजरायली राजदूत खनान गोडेरले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटवार्तामा मन्त्री ढकालले इजरायलसँग सीधा हवाइ सेवा सञ्चालनमा सहजीकरण गरिदिन अनुरोध गरेका छन् । उनीहरूबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *