महिला लिगमा आज दुई खेल हुँदै

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा त्रिभुवन आर्मी फूटबल क्लबले वालिङ नगरपालिका स्याङ्जाको सामना गर्नेछ । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो १२ बजे शुरु हुनेछ ।

आर्मी ७ खेलमा १६ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । वालिङ ७ खेलमा ११ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । वालिङले पछिल्लो खेलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लबले बिराटनगर महानगरपालिका मोरङको सामना गर्नेछ । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे शुरु हुनेछ । पुलिस ७ खेलमा ८ अङ्क जोड्दै पाँचौ स्थानमा छ । बिराटनगर ७ खेलमा १० अङ्क जोड्दै चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *