कोपा इटालिया सेमिफाइनल: युभेन्टस र इन्टर मिलान भिड्दै

प्रज्जवल थापा । कोपा इटालिया अन्तर्गत हुने सेमिफाइनलको दोस्रो लेगमा आज युभेन्टसले इन्टर मिलानको सामना गर्दैछ । एल्लिनाज एरिनामा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।

गत मंगलबार भएको सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले इन्टरलाई उसैको मैदानमा २-१ गोलले पराजित गरेको थियो । युभेन्टसको लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । आजको खेलमापनि युभेन्टस त्यही लयलाई निरन्तरता दिन चाहन्छ । युभेन्टस आफ्नो पछिल्लो ५ खेलमा अपराजित रहेको छ ।

यता इन्टर भने आजको खेलमा पुनरागमन जितको अपेक्षा रहेको छ । इन्टरलाई जितको लागि कम्तीमा २ गोलको आवश्कता रहेको छ । इन्टर मिलनले घरेलु लिग अन्तर्गत पछिल्लो खेलमा फिओरेन्टिनालाई २-० गोलले पराजित गरेको थियो । आफ्नो पछिल्लो ५ खेलमा मिलानले ३ जित निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *