चौथोपटकको शल्यक्रियाबाट बच्चाको जन्म

काठमाडौं । विश्वमै जटिल मानिने चौथौ सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छिन ।

बरिष्ठ प्रसूति तथा स्त्री रोग बिशेषज्ञ एव ल्याप्रस्कोपिक सर्जन डा. नूतन शर्माले शुक्रबार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिय निरा बोहोराको चौथौ शल्यक्रियामार्फत प्रशुति गरिएको छ ।
पहिलो र दोश्रो पटक प्रसुतीगृहमा सिजरिङबाट जन्मिएका बच्चाहरू खेर गएका थिए । बोहराको तेस्रोपटक पनि सिजरिङबाट बच्चा जन्मिएको थियो । तेश्रोपटक बच्चा जन्माउँदा पनि डा शर्माले नै बोहोराको शल्यक्रिया गरेकी थिईन ।
सामान्यतः एक पटक शल्यक्रियामार्फत प्रशुति भएमा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले अर्काे पटक पनि सिजरिङबाट नै प्रशुति गराउनु सुरक्षित मानिने चिकित्सकको भनाइ छ ।
‘मलाई चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन । तर अहिले म साह्रै खुसी छु । दुई पटकसम्मको खेर गएको थियो’, उनले भनिन– ‘तेस्रो पटक बच्चा भएपछि मलाई हँुदैन भन्ने लागेको थियो । डा नुतनको मिहिनेतले मैले दुई सन्तान पाएँ । उहाँ मेरा लागि भगवान जस्तै हुनुभएको छ ।’
चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु दुर्लभ घट्ना रहेको डा नुतन शर्माको भनाइ छ । सामान्यतया नर्मल डेलिभरीबाट बच्चा जन्मिनु आमाको स्वास्थ्यका लागि राम्रो हो तर गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आंकलन गरेर बाध्यात्मक अवस्थामा हामीले शल्यक्रियाबाट प्रशुति गराउदँछौ डा. शर्माले भनिन ।
तर तेस्रो पटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन भन्ने गलत मान्यतालाई हामीले सम्भव बनाएका छौ ।
’दुई वटा बच्चा खेर गएपछि तीनवर्ष अघि उनी बच्चा जन्माउने योजना लिएर पुगेकी थिईन । उनको तेश्रो बच्चा सफलतापुर्वक जन्मियो । उनलाई चौथो पनि जन्माउने रहर एवं पारिवारिक बाध्यता थियो ।’ डा. शर्माले भनिन–’सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ । तर कतिपय अवस्थामा यो भन्दापनि बढि हुनसक्छ भन्ने प्रमाणित भएको छ ।’अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको र दुवै जनालाई केही दिनमा डिस्जार्च गरिने डा. शर्माले बताईन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *