संवैधानिक इजलासमा भोलि बहस नहुने

काठमाडाैं । प्रतिनिधि सभा विघटन विरूद्ध परेको रिटमाथि संवैधानिक इजलास भइरहेको बहस भोलि नहुने भएको छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईन्द्रराज पाण्डेको निधन भएकाले भोलि बहस नहुने जानकारी संवैधानिक इजलासमा प्रधानन्यायाधीशले दिएका हुन्।

‘हाम्रो एक जना पूर्वन्यायाधीशको निधन भएकाले शोक बिदा हुन्छ। भोलि बहस नहुने भयो,’ उनले इजलासमा भने।

आज प्रतिनिधि सभा विरूद्धको रिटमा प्रधानमन्त्रीका वकिलले बहस गरेको थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *