बार्सिलोनाको संघर्षपुर्ण जित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले संघर्षपुर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ गोलले पराजित गरेको हो ।

बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र ट्रिनेकोले एक /एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो । बेटिसको लागि बोर्जा इग्लेसिस र विक्टोर रुईजले एक/एक गोल गरेपनि जितको लागि पर्याप्त भएन । खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । ३८ औं मिनेटमा इमर्सनको पासमा बोर्जा इग्लेसिसले गोल गर्दै बेटिसलाई खेलमा अगाडि बढाएका थिए ।

५९ औं मिनेटमा डेम्बेलेको पासमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ६८ औं मिनेटमा भिक्टोर रुईजले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । ७५ औं मिनेटमा भिक्टोर रुइजले गोल गर्दै बेटिसलाई २-२ को स्थितिमा ल्याएका थिए । ८७ औं मिनेटमा ट्रिनेकोले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए ।

बाँकी समयमा थप गोल हुन नसक्दा बार्सिलोना ३-२ गोलले विजयी भयो । जितसँगै बार्सिलोना २१ खेलमा ४३ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *