ओलीले देशभरबाट होइन, झापाको एक क्षेत्रबाट सांसद जितेका हुन्ः पुन

काठमाडौं ।  नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्।

पार्टी सम्वद्ध युवा र विद्यार्थीको भेलालाई आइतबार स्याङजामा सम्बोधनका क्रममा उनले ओली जनताबाट नभई संसदबाट प्रधानमन्त्री चुनिएको बताए।

‘ओलीजी प्रधानमन्त्रीको उम्मेदवार भएर देशभरका जनताले भोट हालेको होइन’, उनले भने, ‘उहाँ झापाको एउटा क्षेत्रबाट निर्वाचित सांसद हो, देशभरबाट होइन। उहाँले जसरी १ सय ७५ जना सांसदले चुनाव जितेका छन्।’

ओली सरकारमा उनी तीन वर्ष ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री थिए। पार्टीलाई पाँच वर्ष सरकार चलाउन दिएका जनमतमाथि ओलीले घात गरेको उनको टिप्पणी छ। पार्टीले चुनावी घोषणापत्रमार्फत अघि सारेका समृद्धिको अभियानबाट ओली भागेको पुनले आरोप लगाए।

ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको चर्चा गर्दै पुनले अदालतले संसद पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरे।

ओली र समर्थकले संविधानअनुसार संसद विघटन गरेको दाबी पेस गर्न नसकेका कारण अन्तर्राष्ट्रिय अभ्यासको हवाला दिँदै हिंडेको उनले बताए।

ओली समूहले कार्यकर्ता पाल्न जनताले तिरेको राजश्वको दुरुपयोग गरिरहेको भन्दै पुनले आपत्ति जनाए।

निर्वाचन घोषणा गरेर आफैंले आफैंलाई कामचलाउमा सीमित गरिसकेको सरकारले देशका ७७ वटै जिल्लामा विशिष्टि श्रेणीका एक÷एक र उप–सविच स्तरका दुई÷दुई जनाका दरले भूमि आयोगमा गुटका कार्यकर्ता भर्ती परेर राज्यस्रोतको दोहन गरेको पुनले चर्चा गरे।

पुनले संसद पुनस्र्थापनापछि प्रधानमन्त्री ओलीले निर्वाचन घोषणापछि गरेका सबै नियुक्ति र असंवैधानिक निर्णय खारेज गरिने स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *