महिला लिगमा पुलिसको लगातार दोस्रो हार

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा पुलिस वालिङ नगरपालिका स्याङ्जासँग १-० गोलले स्तब्ध भएको हो ।

वालिङको जितको लागि मेथो रुथले खेलको ५८ औं मिनेटमा गरेको एकमात्र गोल निर्णयक बन्यो । अघिल्लो खेलमापनि पुलिस बिराटनगर महानगरपालिकासँग स्तब्ध भएको थियो ।

जितसँगै वालिङ ७ खेलमा ११ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पुलिस क्लब ७ खेलमा ८ अङ्क जोड्दै पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *