महिला लिगमा चन्द्रपुरको दोस्रो जित

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका रौतहटले दोस्रो जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा चन्द्रपुरले बिराटनगर महानगरपालिका मोरङलाई १-० गोलले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा रजनी थोकरले ७० औं मिनेटमा गरेको गोल चन्द्रपुरको जितमा निर्णायक बन्यो । जितका बाबजुद चन्द्रपुर ७ खेलमा ६ अङ्क जोड्दै छैटौं स्थानमा यथावत छ । पराजित बिराटनगर ७ खेलमा १० अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *