भट्ट हत्याको सत्यतथ्य बुझ्न कांग्रेसको महिला विभागले खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षिया भागरथी भट्टको हत्या प्रकरणबारे सत्यतथ्य बुझ्न प्रतिनिधि खटाएको छ।

कांग्रेस केन्द्रीय महिला विभागकी सचिव लक्ष्मी खतिवडाका अनुसार कांग्रेस बैतडी जिल्ला कार्यसमितिसँग समन्वय गरी स्थलगत अवलोकनसहित आवश्यक कार्य गर्ने गरी विभागकी सदस्य राधिका सिंहलाई खटाइएको हो ।

माघ २१ गते विद्यालय गएकी भट्ट घर नफर्केपछि खोजी गरिएको थियो। उनको शव स्थानीय सामुदायिक वनमा फेला परेको थियो । भट्टको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *