प्रज्जवल थापा । राष्ट्रिय महिला लिगअन्तर्गत आज हुने खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र वालिङ नगरपालिका स्याङ्जा भिड्दै छन् । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ । लिगमा अपराजित रहेको एपिएफ आजपनि त्यहीँ लयलाई निरन्तरता दिन चाहन्छ । एपिएफ क्लब ६ खेलमा १८ अङ्क जोड्दै शीर्ष स्थानमा छ ।
त्रिभुवन आर्मी फुटबल क्लब ७ खेलमा १६ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने विराटनगर महानगरपालिका, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका क्रमशः तेस्रो, चौथो, पाँचौ, छैठौं र सातौं स्थानमा छन् । चौदण्डीगढीले लिगमा अहिलेसम्म अङ्कको खाता खोल्न सकेको छैन ।
