अस्लानीले गरिन् तीन मिनेटमा ह्याट्रिक, म्याड्रिडको शानदार जित

प्रज्जवल थापा । स्वेडिस स्ट्राइकर कोसोभारे अस्लानीले तीन मिनेटमा ह्याट्रिक गरेको खेलमा रियल म्याड्रिडको महिला टोलीले शानदार जित निकालेको छ । प्रिमेरा डिभिजन अन्तर्गत शनिबार बेलुकी भएको खेलमा म्याड्रिडले भ्यालेन्सियाको महिला टोलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन कोसोभारे अस्लानीले तीन मिनेटमा ह्याट्रिक पूरा गरिन् । भ्यालेन्सियाको लागि जान्सेनले गरेको गोल सान्त्वना गोलमा सीमित भयो । सबै चार गोल दोस्रो हाफमा भएको थियो । खेलको ६७ औं मिनेटमा अल्सानीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएकी थिइन् ।

६८ औं मिनेटमा अल्सानीले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाइन् । ७० औं मिनेटमा अल्सानीले तीन मिनेटमा ह्याट्रिक पूरा गरिन् ।

७१ औं मिनेटमा भ्यालेन्सियाकी जान्सेनले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर बाँकी समयमा थप गोल गर्न नसक्दा भ्यालेन्सिया ३-१ गोलले पराजित भयो । जितसँगै रियल म्याड्रिड फेमेनिनो १७ खेलमा ३७ अङ्क जोड्दै प्रिमेरा डिभिजनको दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *