प्रज्जवल थापा । रश्मी घिसिङको ह्याट्रिकको सहयोगमा त्रिभुवन आर्मी फूटबल क्लबले फराकिलो जित निकालेको छ । राष्ट्रिय महिला लिगअन्तर्गत शनिबार दिउँसो भएको दोस्रो राउण्डको पहिलो खेलमा आर्मीले चौदण्डीगढी नगरपालिका उदयपुरमाथि ९-० गोलको फराकिलो जित निकालेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै शर्मिला थापाले दुई गोल गोल गर्दा भुजुङ्गा राई र अन्जली वाइवाले एक/एक गोल गरिन् । आर्मीले एक गोल भने उपहार पाएको थियो ।
जितका बाबजुद आर्मी ७ खेलमा १६ अङ्क जोड्दै दोस्रो स्थानमा यथावत रहेको छ । नेपाल एपिएफ क्लब १८ अङ्कको साथ लिगको शीर्ष स्थानमा छ । पराजित चौदण्डीगढीले लिगमा अङ्कको खाता खोल्न सकेको छैन ।
