प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसद्वारा देशभर प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनुसार १८ शुभेच्छुक संस्थाहरुले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिरहेका हुन् ।

काठमाडौंको भद्रकालीबाट बिरोध कार्यक्रम सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरु गर्न लागिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले संसद् विघट्नविरुद्ध गत पुस १३, पुस २५, यही माघ ३, माघ ८ र माघ १९ गते विभिन्न तहमा पार्टी र भ्रातृ संस्थाहरुको सहभागिता सहित प्रदर्शन सम्पन्न गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *