काठमाडौ । पश्चिीमी बायुको प्रवेश संगै नेपालका बिभिन्न भागमा बर्षा हुनुको साथै चिसो समेत बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने बताएको छ ।
प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका बिभिन्न भागमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा पानी पर्ने पनि मौसमबिद शान्ति कडेलले जानकारी दिईन ।
देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम खालको हिमपात हुने उनले जानकारी दिईन ।
शनिबार राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिक देखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्य रहने भएको छ। वर्षा र हिमपातले चिसो बढ्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।
