प्रज्जवल थापा । राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलहरु आजबाट शुरु हुँदैछ । दोस्रो चरणको पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिकाको सामना गर्दै छ । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ ।
पहिलो चरणको खेल सकिदासम्म लिगमा अपराजित रहेको नेपाल एपिएफ क्लब ६ खेलमा १८ अङ्क जोड्दै अङ्कतालिकाको शिर्ष स्थानमा छ । त्रिभुवन आर्मी फूटबल क्लब ६ खेलमा १३ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने बिराटनगर महानगरपालिका, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका क्रमशः तेस्रो, चौथो, पाँचौ, छैठौं र सातौं स्थानमा छन् । चौदण्डीगढीले लिगमा अहिलेसम्म अङ्कको खाता खोल्न सकेको छैन ।
