सिरी एमा आज युभेन्टस र रोमा भिड्दै

प्रज्जवल थापा । इटालियन लिग सिरी ए मा आज युभेन्टस र रोमा भिड्दै छन् । एल्लिनाज एरिनामा हुने खेल नेपाली समय अनुसार १०:४५ बजे शुरु हुनेछ ।

युभेन्टसले घरेलु मैदानमा हुने खेल जित्दै शिर्ष स्थानको एसी मिलनसँग अङ्क दुरी घटाउन चाहन्छ । हाल युभेन्टस १९ खेलमा ३९ अङ्क जोड्दै लिगको चौथो स्थानमा छ । जुन शिर्ष स्थानको मिलानको भन्दा ७ अङ्क कम हो । मंगलबार कोपा इटालिया अन्तर्गत भएको सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले इन्टर मिलानलाई २-१ गोलले पराजित गरेको थियो । युभेन्टसले पछिल्लो ५ खेलमा सतप्रतिशत जित निकालेको छ ।

यता रोमाले भने पछिल्लो ५ खेल मध्य मात्र दुई खेलमा जित निकालेको छ । हाल रोमा २० खेलमा ४० अङ्क जोड्दै लिगको तेस्रो स्थानमा छ । दुई टोलीबिच भएको पछिल्लो २६ खेलमा १४ खेल युभेन्टसले जितेको थियो भने ७ खेल रोमाले आफ्नो पोल्टामा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *