टोटेन्हामको लगातार दोस्रो हार, चेल्सी विजयी

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा टोटेन्हामले लगातार दोस्रो हार बेहोरेको छ । बिहिबार राति भएको खेलमा टोटेन्हाम चेल्सीसँग १-० गोलले पराजित भएको हो ।

हट्सपर रंगशाला भएको खेलमा चेल्सीलाई जित दिलाउन जोर्जिन्होले एक मात्र गोल गरे । खेलको २४ औं मिनेटमा डिएरले वेर्नरलाई पेनाल्टी क्षेत्रमा लगाएपछि चेल्सीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै जोर्जिन्होले चेल्सीलाई खेलमा अगाडि बढाएका थिए । ह्यारी केनबिना मैदान उत्रिएको टोटेन्हाम खेलमा कमजोर देखिएको थियो ।

जितसँगै चेल्सी २२ खेलमा ३६ अङ्क जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *