ह्यापी बर्थ डे ‘क्रिस्टियानो रोनाल्डो’

प्रज्जवल थापा । विश्व फूटबलका एक महान् खेलाडी क्रिस्टियानो रोनाल्डो, आज बाट ३६ वर्ष लागेका छन् । पोर्चुगलको एक टापु माडेरामा सन् १९८५ फेब्रुअरी ५ मा जन्मेका रोनाल्डोको खेललाई उमेरले कुनै असर गरेको छैन । रोनाल्डोको लागि उमेर मात्र एउटा अङ्क बनेको छ । उमेरसँंगै उनको फूटबलप्रतिको लगाव झन बढिरहेको छ ।

भनिन्छ नि खेलाडीको उमेर बढेपछि उसको खेलको स्तर खस्किन्छ तर रोनाल्डोको खेल जिवनलाई उमेरले असर नगरेको हामी देख्न सक्छौ । ३६ वर्षको उमेरमापनि रोनाल्डोले लगातार उपाधि र व्यक्तिगत अवार्डहरु जितिराखेका छन् । विभिन्न किर्तिमान तोड्ने उनको दिनचर्या नै बनेको छ । त्यति मात्र नभएर रोनाल्डो संसारका करोडौं युवाको लागि प्रेरणाका स्रोतपनि बनेका छौ । नाम चलेका विभिन्न खेलाडीहरुले रोनाल्डोलाई प्रेरणाको स्रोतको रुपमा लिएका छन् । जस्तै: कालियन एम्बाफे, इर्लिङ हल्याण्ड,जोडन सान्चो, भिनिसियस जुनियर आदि ।

झन्डै २० वर्षिय खेल जिवनमा रोनाल्डोले थुप्रै उपाधि र व्यक्तिगत अवार्डहरु जितिसकेका छन् । रोनाल्डोले पाँच पटक बेलोन डे’ओर र चार पटक युरोपेली गोल्डेन बुट जितेका छन् । यस्तै उनले आफ्नो खेल जिवनमा सात लिग, पाँच च्याम्पियन्स लिग, एक युरो कप र एक नेसन्स लिगसहित ३१ वटा मुख्य उपाधिपनि जितिसकेका छन् ।

एक हजार भन्दा बढि खेल खेलिसकेका रोनाल्डोले अहिलेसम्म ७ सय ६२ गोल गरिसकेका छन् । पोर्चुगलको लागि १७० खेलमा १०२ गोल गरेका रोनाल्डो सार्वधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् । उनी भन्दा अगाडि इरानका अलि दाई १४९ खेलमा १०९ गोल सहित शिर्ष स्थानमा छन् । उनले देशको लागि युरो कप र नेसन्स लिग जितेका थिए ।

रोनाल्डोले घरेलु क्लब स्पोर्टिङ लिस्बोनबाट खेल्दै आफ्नो खेल जिवनको शुरुवात गरेका थिए । उनले घरेलु क्लब लिस्बोनको लागि ५ गोल गरेका थिए । सन् २००३ मा १८ वर्षको उमेरमा इङलिस क्लब म्यान्चेस्टर युनाइटेडमा भित्रिएका रोनाल्डोले ६ वर्षको बसाईमा क्लबबाट लगातार ३ प्रिमियर लिगको उपाधिसहित च्याम्पियन्स लिग र फिफा क्लब विश्वकपपनि जिते । युनाईटेडमा रहँदा नै रोनाल्डोले २३ वर्षको उमेरमा पहिलो बेलोन डोर जितेका थिए । उनले युनाइटेडको लागि २९२ खेलमा ११८ गोल गरेका थिए ।

त्यसपछि सन् २००९ मा विश्व किर्तिमानी रकमा स्पेनिस क्लब रियल म्याड्रिड भित्रिएका रोनाल्डोले क्लबको लागि ४३८ खेलमा ४५० गोल गरेका थिए । त्यसक्रममा उनले क्लबका लेजेन्ड राहुलको नाममा रहेको ३२३ गोलको किर्तिमानपनि तोडेका थिए । आफ्नो खेल जिवकको सबैभन्दा बढी सफलता क्षण उनले म्याड्रिडमा बिताए। उनले म्याड्रिडबाट चार च्याम्पियन्स लिगको उपाधि सहित दुई ला लिगा, दुई कोपा डेल रे को उपाधि जितेका थिए । म्याड्रिडमा रहँदा रोनाल्डोले चार बेलोन डरपनि जितेका थिए ।

९ वर्षको सफल खेलजीवन पस्चात सन् २०१८ मा रियल म्याड्रिड छोडेर इटालियन क्ल्ब युभेन्टस पुगेका रोनाल्डोले क्लबको लागि ११२ खेलमा ८७ गोल गरिसकेका छन् । इटालियन क्लबबाट उनले दुईदुई वटा सिरी ए र् सुपर कोपा जितिसकेका छन् ।

पछिल्लो एक वर्षलाई फर्केर हेर्दा

• रियल म्याड्रिड छोडेपछि रोनाल्डो पहिलो पटक एल क्लासिको हेर्न बेर्नाबेउ पुगेका थिए । उक्त खेल रियल म्याड्रिडले २-० गोअले जितेको थियो ।
• गत फेब्रअरीमा रोनाल्डो युभेन्टसबाट लगातार १० खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।
• यस्तै फोर्बेसका अनुसार जुनमा रोनाल्डो पहिलो बिलिनियर फूटबल खेलाडी बनेका थिए ।
• अगस्टमा रोनाल्डोले युभेन्टसबाट दोस्रो इटालियन लिग सिरि ए को उपाधि जितेका थिए ।
• कोरोना संक्रमण मुक्त भएर मैदान छिरेको ३ मिनेटमै रोनाल्डोले स्पेजियाविरुद्व गोल गरेका थिए ।
• सेप्टेम्बरमा स्विडेनविरुद्व सुन्दर फ्रिकिक गोल गर्दै रोनाल्डोले अन्तराष्ट्रिय गोल सङ्ख्या १०० पुर्याएका थिए ।
•नोभेम्बरमा रोनाल्डोले निकै प्रतिष्ठित गोल्डेन फुट अवार्ड जितेका थिए ।
• डिसेम्बरको शुरुवातमा रोनाल्डोले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा दुई गोल गर्दै बासिलोनालाई ३-० गोलको हार चखाएका थिए ।
• डिसेम्बरमा रोनाल्डोलाई ग्लोब स्कारद्वारा शताब्दीकै उत्कृष्ट खेलाडी घोषित गरेको थियो ।
• जनवरीमा रोनाल्डो विश्व फुटबलको इतिहासमा सार्वधिक गोल गर्ने खेलाडी बनेका थिए । यसक्रममा उनले जोसेफ बिकेनको नाममा रहेको ७५९ गोल किर्तिमान तोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *