महिला लिग अन्तर्गत दोस्रो चरणको खेल तालिका सार्वजनिक

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । बिहिबार अखिल नेपाल फूटबल संघ(एन्फा) ले लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

शनिबारबाट शुरु हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फूटबल क्लबले चौदण्डीगढी नगरपालिकाको सामना गर्नेछ । लिगको अन्तिमा खेल फागुन ७ गते दशरथ रंगशालामा हुनेछ भने अन्य सबै खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्सम हुने एन्फाले जनाएको छ ।

लिगको अङ्क तालिका

S.No Club Name P W D L GF GA GD Points
1 Nepal APF Club 6 6 0 0 43 0 +43 18
2 Tribhuwan Army Football Club 6 4 1 1 36 2 +34 13
3 Biratnagar Metropolitan City 6 3 1 2 13 15 -2 10
4 Nepal Police Club 6 2 2 2 10 6 +4 8
5 Waling Municipality 6 2 2 2 13 11 +2 8
6 Chandrapur Municipality 6 1 0 5 8 28 -20 3
7 Chaudandigadhi Municipality 6 0 0 6 1 63 -62 0

पहिलो चरणको खेल सकिदासम्म लिगमा अपराजित रहेको नेपाल एपिएफ क्लब ६ खेलमा १८ अङ्क जोड्दै शिर्ष स्थानमा छ । त्रिभुवन आर्मी फूटबल क्लब ६ खेलमा १३ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने बिराटनगर महानगरपालिका, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका क्रमशः तेस्रो, चौथो, पाँचौ, छैठौं र सातौं स्थानमा छन् । चौदण्डीगढीले लिगमा अहिलेसम्म अङ्कको खाता खोल्न सकेको छैन ।

खेल तालिका

तस्बिर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *