काठमाडौँ । महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गरेको छ । काठमाडौं र भक्तपुरका १० स्थानबाट करिब तीन हजार स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गरेका हुन् ।
प्रधानमन्त्री केपी ओली पक्षधरको भोलि हुन लागेको आमसभालाई लक्षित गरी मार्चपास गर्न लागिएको बस्नेतले बताए । उनका अनुसार मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै पुन: वाल्मिकी कलेज पुगेको छ ।
काठमाडौंका ८ र भक्तपुरका २ ठाउँबाट मोटरसाइकलमा स्यमंसेवक आएका थिए । मार्चपासपछि वाल्मिकी कलेजमै आएर ती स्वयंसेवकलाई प्रशिक्षण दिने कार्यक्रम राखिएको छ । प्रशिक्षणमा मन्त्री ईश्वर पोखरेल र बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेल आउने छन् । प्रशिक्षणपछि ती स्वयंसेवक भोलि नारायणहिटी संग्रहालयअगाडि हुने आमसभामा खटिने छन् ।
