काठमाडौं । प्रचण्ड नेपाल समूहले आज आह्वान गरेको देशव्यापी आमहड्तालका क्रममा काठमाडौंबाट ७२ नेता कार्यकर्ता पक्राउ परेका छन् ।
नेकपाको प्रचण्ड नेपाल समूहले दिएका जानकारी अनुसार कलंकीबाट वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेल, चाबहिलबाट कृष्ण केसी, बागबजारबाट रमेश मल्ललगायत काठमाडौं उपत्यकाबाट ७२ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

