प्रज्जवल थापा । रियल म्याड्रिडका स्ट्राइकर इडेन हजार्ड फेरि घाइते भएका छन् । मसल फाटिगेउ( मांसपेशी थकान) मा गम्भीर समस्याको कारण उनी करिब ४-६ हप्ता मैदान बहिर रहने विदेशी पत्रीका मार्काले जनाएको हो ।
यससँगै हजार्डले युईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को अटलान्टा विरुद्धको पहिलो लेग गुमाउने छन् । बुधबार प्रशिक्षणमा उपलब्ध भएपनी उनी प्रशिक्षण सकिनु भन्दा अगाडि नै मैदान छाडेका थिए ।

३० वर्षिय हजार्ड गत नोभेम्बरमापनि मसल समस्याको कारण एक महिना बाहिरिएका थिए । यसअघि उनी सेप्टेम्बरमापनि चोटको कारण २७ दिन मैदान बाहिर थिए । त्यसअघि हजार्ड कोरोना संक्रमणको कारण दुई हप्ता होम आइसोलेसनमा बसेका थिए ।
सन् २०१९ मा इङलिस क्लब चेल्सीबाट म्याड्रिडमा भित्रिएदेखि हजार्डलाई चोटले सताएको छ । चेल्सीको ८ वर्षे बसाईमा मात्र २० खेल गुमएका हजार्डले म्याड्रिडको डेढ वर्षे बसाईमा ४३ खेल गुमाईसकेका छन् । हजार्डले म्याड्रिडको लागि ३५ खेल खेल्दै मात्र ३ गोल गर्न सकेका छन् ।
