प्रज्जवल थापा । साविक विजेता लिभरपुल प्रिमियर लिगमा ब्रिगटनसँग स्तब्ध भएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुल ब्रिगटनसँग १-० गोलले पराजित भएको हो ।
ब्रिगटनको जितमा स्टेभेन अल्जाटेले गोल गरे । उनले खेलको ५६ औं मिनेटमा टोसार्डको पासमा गोल गर्दै ब्रिगटनलाई अग्रता दिलाएका थिए । लिभरपुलले गोल गर्ने अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन नसक्दा हार बेहोर्न बाध्य भयो । पछिल्लो खेलमा ब्रिगटनले टोटेन्हामलाईपनि पराजित गरेको थियो ।
जितसँगै ब्रिगटन २२ खेलम २४ अङ्क जोड्दै लिगको १५ औं स्थानमा उक्लिएको छ ।
