धरानमा प्रदर्शनकारी र मजदुरबीच झडप

धरान। धरानको भानुचोकमा कामको खोजीमा निस्किएका मजदुर र नेकपाका कार्यकर्ताबीच झडप भएको छ । प्रदर्शनकारीले जबरजस्ती टेम्पो रोकेर टायर बाल्न खोजेपछि झडप भएको प्रहरीले जानकारी दिएको छ ।

बन्दकर्ताले रोकिराखेको टेम्पोमा लाती हानेपछि विवाद शुरु भएको हो । प्रदर्शनकारी टायर बाल्न खोजेपछि मजदुरले प्रतिकार गरेका थिए ।

प्रहरीका अनुसार सामान्य झडपमा दुवै पक्षका केही घाइते भएका छन् । घाइतेको स्थिति सामान्य छ ।प्रदर्शनकारीले मजदुरसँग नभइ प्रहरीसँग झडप भएको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *